
महोत्तरी : मधेश प्रदेश महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा न.-८ भन्टाबारीका स्थानीय बासिन्दा राजाराम महतो केहि महिना अगाडि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया काे LEE LANDSCAPE SDN.BHD मा आएका थिए, आएको केहि महिना पछि कम्पनीमा काम गर्ने क्रममा लडेर खुट्टा भाचेको थियो र यस्तो अवस्थामा पनि कम्पनीले खासै वास्ता नदिएकोले राजाराम ज्यु लाई ब्यान्डेज गरेपछि उठबस र यताउताकाे काम गर्न निक्कै गार्हो भएको हुदा र यहाँ थप उपचार गर्न आर्थिक अभाव र महँगो हुने र कम्पनीले घर पनि पठाउन आनाकानी गरेपछि पिडीत राजाराम महतो को ज्वाइँ अशोक कुमार महतो ले हामी लाई सम्पर्क गरि उहाँलाई नेपाल फर्काउन सहयोग गरि दिन अनुरोध गरेका थिए तत्पश्चात हेल्प मधेसी मलेशियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले नेपाली दूतावास र कम्पनी सङ्ग सहकार्य गरि उहालाई घर पठायौ साथै उहाँको आर्थिक अवस्था लाई मध्यम नजर गरि हेल्प मधेसी मलेसिया जोहर दलान द्वारा मिति २०८० असार ०२ गते सनिवारको दिन नगद रु.२३०००/- आर्थिक सहयोग गरेका छन।
उक्त सहयोग कार्यक्रममा त्यहाको स्थानीय ,भद्र भलादमी साथै हेल्प मधेसी नेपाल महोत्तरी अध्यक्ष वचन जि शाह,हेल्प मधेसी नेपालको उपाध्यक्ष अमरेश कुमार यादब , हेल्प मधेसी मलेशियाको भु पु सह सचिब राजेन्द्र यादब , भु पु सचीव सरोज साह , युवा समाजसेवी साथै प्रभु लाइफ इन्स्योरेन्स बर्दिबास को प्रमुख राकेश सिन्ह , युवा समाजसेवी शिक्षक राजन कुमार यादव र हेल्प मधेसी मलेशियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो द्वारा उक्त रकम हस्तान्तरण गरियो।