
रौतहट: ब्रेन ट्यूमर रोगबाट ग्रसित पत्रकार फनि महतलाई बचाउ अभियान थालिएको छ।
अन्नपूर्ण पोष्ट्का रौतहट संवाददाता तथा प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष महत चन्द्रनिगाहपुरस्थित रेडियो सुप्रिमका सञ्चालकसमेत हुन्। महत एक वर्षभन्दा बढी समयदेखि टाउकोमा ट्युमरको समस्याका कारण अस्वस्थ रहेका छन्।
काठमाडौँमा ब्रेन ट्युमरको उपचारमा ३५ लाख रुपैयाँभन्दा बढी खर्च भए पनि उनको स्वास्थ्यमा पूर्ण रूपमा सुधार हुन सकेको छैन। उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको छ।
दिल्लीमा उनको उपचारका लागि तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक परेको उनको परिवारले बताएको छ। नेपालमा उपचारका क्रममा ठूलो रकम खर्चिएपछि अहिले उनको उपचारका लागि रकम अभाव भएको छ।
जसका लागि शुभचिन्तकहरूसँग उपचार खर्चको उनले अपेक्षा गरेका छन्।
सहयोगका लागिः
सुनन्दा कार्की
खाता नं. २३९१५२४३४००२८८, नेपाल एसबीआई बैंक लिमिटेड, चन्द्रपुर शाखा
त्यस्तै फणि महतकै एभरेस्ट बैंकमा रहेको खातामा पनि सहयोग रकम जुटाइदिन सकिनेछ।