माेरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्।

गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन्।

तर, उनले विश्वसको पाउने अवस्था छैन। ९३ सदस्य रहेकाे काेशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ।

एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीकाे पक्षमा ४६ मत छ। तर यसपटक उपसभामुखले मत हाल्न नपाउने भएकाले कार्कीले पक्षमा ४५ मत मात्र छ। अब बहुमत पुर्‍याउन कांग्रेस, माओवादी र नेकपा एसमध्ये एककाे साथ चाहिन्छ।

काेशीमा कांग्रेसको २९, माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ मत छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको छ। प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताए।

२०८० आश्विन २०, शनिबार १०:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय