ममता अर्याल,

बर्दिबास । महोत्तरीको बर्दिबासमा माघ लागेवित्तिकै भलिवल र क्रिकेट प्रतियोगिता आयोजन हुँदैछन् । बर्दिबास नगर कार्यपालिकाको खेलकुद विकास समितिले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरेर सोबारे जानकारी दिएको हो ।

बर्दिबास-१२ चल्की बिजलपुरामा माघ १ गतेदेखि दोस्रो मेयर खुल्ला पुरुष भलिवल प्रतियोगिता र त्यसलगत्तै बर्दिबास-१३ डाँडाटोल बिजलपुरामा क्रिकेट प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले जानकारी दिनुभयो ।

“भलिवल प्रतियोगिताको तयारी करिब सबै पुरा भएको छ , यसमा मुलुकका बिभिन्न भेगबाट राष्ट्रिय ख्यातिप्राप्त टिम सहभागी हुँदैछन्” समितिका अध्यक्ष शिवभक्तिले भन्नुभयो । यस प्रतियोगिताका लागि मेचीदेखि महाकालीसम्मका ख्यातिप्राप्त २० भन्दा बढी टिमले सहभागिता जनाउने शिवभक्तिको भनाइ छ ।

समितिले लगत्तै डाँडाटोल बिजलपुरामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने निणर्य गरीसकेको छ । भलिवल प्रतियोगिता सम्पन्न गरिएसँगै त्यसको तयारी थालिने तालिका छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारालाई सार्थक बनाउन सबैको सहयोगका लागि अपिल गर्नुभयो । खेलकुदलाई उच्च प्राथकितासाथ अघि बढाइने नगरप्रमुख क्षत्रीको प्रतिबद्धता छ ।

बर्दिबासमा क्षत्री नगर प्रमुख निर्वाचित भएयता खेलकुद र स्वास्थ्यमा निकै सुधारात्मक गतिविधि बढेका उहाँका आलोचक पनि स्वीकार गर्छन् । खेलकुदको समुचित विकासले लागुपदार्थ दुव्र्यशन र अन्य कुलतबाट किशोर र युवापङ्तिलाई अलग्याएर स्वस्थ्य र अनुशासित बन्न प्रेरित गर्ने पाका बर्दिबासबासी बताउँछन् ।

२०८० पुष २३, सोमबार २०:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय