
मटिहानी (महोत्तरी), १८ माघ ।
महोत्तरीको मटिहानी नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानी रङ्गशालामा आज बिहीबार एक समारोहबीच नगरप्रमुख हरिप्रसाद मण्डलले प्रतियोगिता उद्घाटन गर्नुभयो । नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा २३ खेल सामिल छन् ।
प्रतियोगितामा नगरक्षेत्रका पाँच माध्यमिक विद्यालयको सहभागिता छ । प्रतियोगितामा भलीबल, कबडी, फरकफरक दुरीका दौड, हाइजम्प, लङ्गजम्प र बुद्धिचालसहितका खेल सामेल गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्देश्वर साहले जानकारी दिनुभयो ।
खेलकुदले शारीरिक सुगठन, आत्मअनुशासन र कर्मशील सङ्गठित युवाशक्ति निर्माणमा सहयोग पुर्याउने नगरप्रमुख मण्डलले विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता पर्सि शनिबार सम्पन्न गरिने तालिका छ । यो प्रतियोगिताले आपसी मेलमिलाप बढाउनसँगै आपूmहरुलाई उत्कृष्टता हासिल गर्न उत्प्रेरित गराउने श्रीराम माध्यमिक विद्यालयकी ११ कक्षाकी छात्रा हिना खातुनको धारणा छ ।