बर्दिबास: बर्दिबास नगरपालिका वाडा न.-९ पशुपतिनगरमा बिहिबार हनुमन मन्दिरको गरिएको छ ।
वडा नं. ९ का वडा अध्यक्ष घुरन महतोले पशुपतिनगर स्थित बजारको परिसर भित्र हनुमान मन्दिरको शिलान्यास गरेको छ । हनुमान मन्दिरको कुल लागत अनुमान ५ लाख रहेको छ ।
जग्गाको विवादले केहि वर्ष देखि हनुमान मन्दिर शिलान्यासको काम अलपत्र परेका थिए । बर्दिबास नगरपालिका-९, र भंगहा नगरपालिका-४, को सिमाना रहेको जग्गा पछि ९का वडा अध्यक्ष घुरन महतो र भंगहा-४का वडा अध्यक्ष गणेश महतोको सहमति पछि मन्दिर शिलान्यास गरिएको स्थानीय प्रवेश सिंहले बताए ।
अध्यक्ष घुरन महतोले विभिन्न राजनितिक पुर्वाग्रह राखि विकाश निर्माण कार्यमा अवरोध भन्दा सबै जना मिलि विकाश निर्माण कार्यहरुमा सरीक हुन अनुरोध समेत गरेका छन् ।







