मलेशिया : मधेस प्रदेश महोत्तरी बलबा नगरपालिका हिरदुवा को बौएलाल मण्डल करिब १२ बर्ष देखि मलेशिया अलपत्र परेको थियो। करिब ३ महिना अगाडि हेल्प मधेसी मलेसियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो लाई उहाको बारेमा जानकारी आएपछि उहाको परिवार पत्ता लगाउन कार्य अगाडि बढ्यो तर्ब उहाको घर परिवार पत्ता लागे पनि उहाको जगा जमिन केहि पनि नभएको र आमा बुबाको मृत्यु भैसकेको छ साथै उस्को श्रीमति पनी बाटो हेर्दाहेर्दै अन्तै गैसकेकोले उस्को परिवार बाट कुनै आर्थिक उपलब्ध हुन नसक्ने भयो।

उहालाई मलेसिया बाट नेपाल फिर्ता पठाउन मोटो रकम चाहिने भएकोले कुनै एउटा संस्था या ब्यक्तिले गर्न सहज थिएन सो कुरा लाई मध्यम नजर गरि सुरेन्द्र महतो ले सहयोग लाई विभिन्न ठाउँमा अपिल गरेर उहालाई घर पठाउन पहल सुरु गरे।

बोएलाल मरार खत्वेको अवस्था लाई हेर्दै हेल्प मधेसी मलेसियाले मलेसिया रिङ्गगेट ५५१/- आर्थिक सहयोग गर्यो। उहालाई एयरर्पोर्ट सम्म पुर्याउनु गैइ नेपाल फर्काउन अहम भुमिका खेल्नु हुने सुरेन्द्र महतो लाई संस्था का अध्यक्ष दिपक कुमार मण्डल ले विशेष धन्यवाद दिएका छन।


२०८० फाल्गुन १, मंगलवार १२:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय