मधेश प्रदेश सरकारले टुक्रे योजना र अषाढे विकासको परिपार्टीलाई समाप्त गर्छ । संघीयताको जननी भन्ने अनि संघीयता नै धरापमा पर्ने गरी हुँदै आएको क्रियाकलाप पूर्ण रुपमा बन्द हुन्छ । अबको नयाँ आर्थिक वर्षको भदौ देखि नै बजेट कार्यान्वयन हुन्छ । श्रावण र भदौ योजना लागत, स्टिमेट, नाप जोख सहितको सबै काम सम्पन्न गरेर भदौ अन्तिम देखि नै विकास बजेटको काम सुरु हुन्छ । बैशाखमा काम सुरु गरेर अषाढे विकासको परिपाटीलाई पूर्ण रुपेण निस्तेज बनाउँछौं ।

५ लाख १० लाखको योजनको परिपाटीलाई समेत बन्देज लगाईएको छ । अबको बजेटमा प्रदेश सरकारले ५० लाख भन्दा कमको योजनामा लगानी गर्ने छैन् । त्यो भन्दा कमको योजना भए आवश्यकता अनुरुप केही क्षेत्र बाहेक, मन्दिर मस्जिद, गुम्बा लगायत माटो पुर्ने, ग्राभेल गर्ने लगायतको योजना पूर्ण रुपमा बन्द हुन्छ । ५ लाख १० लाखको योजनामा उपभोक्ता समिति बनाएर कार्यकर्ता लक्षित योजनाको काम पूर्ण रुपेण बन्देज गरिन्छ ।

पहिल्यै विगतको सरकार जस्तो ५० लाखको योजनामा पनि उपभोक्ता समिति र ५ लाखको योजनामा पनि उपभोक्ता समिति गठन गरेर आधा काम गर्ने आधा रकम कुम्ल्याउने परिपार्टीलाई बन्देज गर्छौ । अब ५० लाखको कामको सिधा टेण्डर भएर खुल्ला प्रतिस्पर्धा कम्पनीहरुले काम गर्छ । जसमा योजना अनुसारको सम्पुर्ण मापदण्ड सहित गुणस्तरीय काम मन्त्रालयले गराउँछ । बजेटले मधेश प्रदेशको स्वास्थ्य, सरसफाई र शिक्षा र सुख्खा ग्रस्त क्षेत्रको सम्वोधन गरेको छ ।

कृषि क्षेत्रको व्यवसायीकरण र रोजगारी, मधेशको आधार पानी जस्ता नारालाई आत्मसाथ गरेको छ । यस क्षेत्रलाई उर्वर वनाउने शक्तिको रुपमा मधेशका नदीहरु जोड्ने आन्तरिक नहर परियोजना सञ्चालन गरिनेछ । यसका लागि विशेष क्षेत्र लक्षित गरी लगानी खाँका तयार गरी कार्यान्वयन तर्फ अघि बढाछ । वित्तीय संघीयताको कार्यान्वयन, सडक पूर्वाधार, कार्यान्वयन व्यवहारमा सुधार गरी अघि बढ्छ ।

प्रदेश सरकार अन्तर्गतका निकायहरुले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरु खुला एवं विधि अनुसार गरिन्छ ।

भरत प्रसाद साह
अर्थमन्त्री, मधेश प्रदेश

२०८१ असार ७, शुक्रबार १६:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय