
नेपालवाणी नेटवर्क
जनकपुरधाम, अषाढ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ आश्रमलाई सहयोग गरेको छ । आफ्नो ५१ औं जन्मदिवसको उपलक्ष्यमा मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले जनकपुरधाम ८ बलवा टोल स्थित अनाथ आश्रमलाई सहयोग गरेको हो ।
सत्यकविर अनाथ बाल बात्सल्य अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई सभामुख मण्डलले एक समारोहका बीच खाद्यान्न सामग्री वितरण गरेको हो । खाद्यान्न सामग्रीहरुमा चामल ३ बोरा, दाल ५ केजी, नून ५ केजी, आलु १ बोरा, तेल १५ केजी, लुगाधुने साबुन १ कार्टुन र नगद रु १०१०५ (अक्षरेपीः दश हजार १ सय पाँच रुपैयाँ) सहयोग गरेका थिए ।
समारोहमा सभाुमख मण्डलले अनाथ आश्रमलाई व्यक्तिगत रुपमा र संस्थागत रुपमा हुने हरेक प्रकारको सहयोग गर्न आफु तत्पर रहने भनाई थियो । उनले भने,‘अहिलेको युगमा कुनै व्यक्तिले आफ्नो सम्पुर्ण जीवनको कोही नभएको बालबच्चाको लालन पालनमा समपर्ण गर्नु भन्दा ठुलो त्याग र तपस्या केही हैन ।’
कविर सत्यनारायण आलोकको प्रशंसा गर्दै सभामुख मण्डलले अनाथ आश्रम सञ्चालन काँधको ठुलो जिम्मेवारी भएको बताउँदै जति प्रशंसा गरेपनि कम हुने बताए । उनले मधेश सरकार तथा स्थानीय सरकारले अनाथ आश्रम, बृद्धा आश्रम, मानव लोक आश्रम जस्ता समाजिक संस्थाहरुलाई समेत बजेट छुट्टयाएर समाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।