नेपालवाणी नेटवर्क
जनकपुरधाम / असोज ।

प्रादेशिक अस्पतालका नवनियुक्त निर्देशक डा. जामुन सिंहलाई एक कार्यक्रमका बीच कुशवाहा कल्याण समाजले कार्यकालको शुभकामना व्यक्त गरेको छ । कुशवाहा कल्याण समाज जनकपुरधामले एक समारोहको आयोजन गरी प्रादेशिक अस्पतालको निर्देशकमा नियुक्त भएको अवसर पारेर निर्देशक सिंहलाई आगामी कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

कुशवाहा कल्याण समाज जनकपुरधामको नियमित बैठकमा उपस्थिति भएका डा. सिंहलाई समाजको तर्फ सुशिल सिंहले बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कुशवाहा कल्याण समाजले कुशवंशीहरुको विकास तथा समाज उत्थानमा आफ्नो भुमिका निर्वाह गर्दै आएको छ ।


कुशवाहा समाजको सर्वोत्तम हित र सम्मुन्नतिको पारस्परिक सु–सम्बन्ध, समन्वय र सन्तुलन कायम गरी समुदायमा रहेका शिक्षा, स्वास्थ्य र सामाजिक चेतनाको अभावलाई हटाउनु मुख्य उदेश्य रहेको छ । समाजको आर्थिक एवं शैक्षिक स्तर उकास्ने एक मात्र प्रमुख लक्ष्य प्राप्त गर्न ईमान्दारीका साथ हक र अधिकारको सदुपयोग गरी आ–आफ्नो काम, कर्तव्य तथा जिम्मेवारीलाई क्रियात्मक रुपमा सञ्चालित गर्ने दिशामा लागेको सुशिल सिंहको भनाई थियो ।

उनले भने, ‘नेपाल तथा विदेशमा रहेका सम्पुर्ण कुशवाहाहरुलाई एक ढिक्का भई कुशवाहा समाजमा देखा पर्नसक्ने सम्पुर्ण विकृति एवं असंगतिहरुलाई हटाउन हामी लागि परेका छौं ।’ समाजको कार्यक्रममा आरती सिंह, उषा सिंह, सुशिल सिंह, प्रमोद महतो, सन्तोष सिंह, गजेन्द्र प्रसाद सिंह, अमृत महतो लगायत समाजका दजर्नौ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०८१ आश्विन १०, बिहीबार १९:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय