
काठमान्डौ : नेकपा (एमाले) को भातृ संस्था रास्ट्रीय युवा संघ नेपाल सुदुरपशिम प्रदेश इन्चार्ज को जिम्मेवारीमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा युवा नेता उमेश सिंह खत्रीलाई प्रदान गरिएको छ ।नेकपा एमाले सुदुरपशिम प्रदेश कमिटी को चौथो पुर्ण बैठकले खत्रीलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।
यहि भदौ १० गते सु.प प्रदेश राजधानी धनगढी मा सम्पन्न एमाले सुदुरपशिम प्रदेश कमिटी को बैठक पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीको अध्यक्षता तथा केन्द्रिय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको थियो ।बैठक ले सुदुरपशिम प्रदेश कमिटी का प्रदेश कमिटी का सदस्य हरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरे संगै पछिल्लो बदलिएको राजनीतिक परिस्थिति संग संगै युबा संघ नेपाल सुदुरपशिम प्रदेश हेर्ने इन्चार्ज को जिम्मेवारी दार्चुला जिल्ला मार्मा गाउपालिका स्थायी घर भएका युवा नेता उमेश सिंह खत्री लाई प्रदान गरिएको हो ।
नेकपा एमाले सुदुरपशिम प्रदेश कमिटी मा दोश्रो पटक प्रदेश कमिटीको जिम्मेवारी सम्हालि रहेका खत्री यो भन्दा पहिला अपिहिमाल ब्यास र मार्मा गाउपालिका को इन्चार्ज को जिम्मेवारी समेत सम्हालेका ब्यक्ति हुन।पार्टी मा पुर्ण कालिन समय दिएर आफ्नो जिम्मेवारी निभाउन सक्ने छवि निर्माण गरेका युवा नेता खत्री आफुलाइ समय अनुकुल ढाल्न सक्ने राजनीतिमा निस्कङक छवि भएका क्रान्तिकारी ब्यक्ति हुन । राजनीतिक र बैचारिक रुपमा परिपक्व सानै देखी संघर्श सिल नेता खत्री अहिलेको युवा पुस्ताकामा लोक प्रिय् छवि निर्माण गरेका ब्यक्ति हुन ।सत्य संग नलड्ने शक्ति शीत नझुक्ने बानी ब्यहोरा को कारण युवा नेता खत्री सबै जनमन मा बस्न सफल हुनुभएको छ ।समाजमा भएको अन्याय अत्याचार र भ्रष्टाचार को विरुद्ध खुलेर बोल्न सक्ने र अन्याय सामाजिक विभेद र भ्रस्टाचार विरुद्ध युवा हरु लाई गोलबन्दगरेर लड्न सक्ने बिशेश क्षमता युवा नेता खत्रीको पहिचान बनेको छ ।नेकपा एमाले पार्टी ले खत्री को क्षमताको उच्च कदर गरि प्रदान गरेको रास्टिय युबा संघ नेपाल सुदुरपशिम प्रदेश इन्चार्ज को जिम्मेवारि भने नेता खत्रीले कसरी निभाउछन त्यो भने हेर्न बाकी छ ।