नोपलावाणी डटकम
जनकपुरधाम, कार्तिक ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनजीविका र विकासे योजनाबाट जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेर नेता सेवक बन्नुपर्ने बताएका छन् । उनले नेता जनताको शासक बन्न खोजे फालिने र सेवक बन्ने मात्रै जनताको माझ रहने बताएका हुन् ।
धनुषाको हंसपुर नगरपालिकामा आयोजित बडादशैं, दिपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता शासक बनभएर सेवक बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पहिलेका नेता जनताको शासक बनेर शासन चलाउथे, अब त्यो समय गयो अबका नेता जनताको सेवक भएर काम गर्नुपर्छ । अन्यथा कोशैं टाढा फालिन्छ । यो युग जनताको यु्ग हो । अब नेता शासक बन्ने होईन सेवक बन्ने हो ।’

निर्वाचन अघि जनतालाई दिएको आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकास योजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे जनतासंग प्रत्यक्ष भेटघाट तथा सम्वादको माध्यमबाट पस्कने काम भईरहेको बताए । उनले भने, चुनावताका बेला जनतासंग गरेको बाचा, आश्वासनलाई परिपूर्ती गर्न सके नसकेको विषयमा जनतासंग छलफल गर्दैछौं । जनप्रतिनिधि स्थानीय जनतालाई भेला गराएर नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा छलफल गरिरहेको छौं ।’


निर्वाचन क्षेत्रको प्रत्येक वडा र टोल–टोलमा जनतासंग गुनासो सुन्ने, टिपोट गर्ने र सामाधान सम्बोधन गर्ने र सम्बन्धित निकायहरुसंग छलफल तथा विकास निर्माणको योजना तीव्रताका साथ चलाएको प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकी दिए ।
‘जनताले प्रत्यक्ष रुपमा दिएको सुझाव र योजनाले आउँदा कार्यक्रम बनाउन हामीलाई निकै सजिलो हुन्छ,’ स्वकीय सचिव धिरेन्द्र मण्डलले भने, ‘नागरिकका वास्तविक आवश्यकता के छन् भन्ने बुझेर बनाएका योजना, नीति र कार्यक्रम नै सबैभन्दा प्रभावकारी हुन्छन् । त्यही भएर हामीले जनताको घरदैलोमा गएरै समस्याको पहिचान गरेर समाधानका उपाय खोज्ने प्रयत्न गरेको जनाए ।’


सर्वसाधारणसँग सम्बन्ध स्थापना र सेवाग्राहीको काम छिटो–छरितो गर्न सबै जनतालाई सभामुखसंगको पहुँचलाई थप बढाउने नीति लिईएको छ । यससंगै सर्वसाधारण नागरिकको गुनासो सुन्न ‘हेल्लो जनता’ अभियान चलाउने भएको छ ।

यस अन्तर्गत सर्वसाधारणले आफूलाई लागेको जिज्ञासा र सुझाव सभामुख सम्म पुर्याउन सक्ने संयन्त्र समेत तयार गरेको सभामुखका प्रमुख राजनीतिक सल्लाहकार लक्ष्मीनारायण यादवले नेपालवाणीलाई जानकारी दिए ।

२०८१ कार्तिक ७, बुधबार १७:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय