filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); sceneMode: 8; cct_value: 6300; AI_Scene: (6, 2); aec_lux: 99.0; aec_lux_index: 0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: weather?null, icon:null, weatherInfo:100; temperature: 38;
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ पर्वको शुभकामना व्यक्त गरेको छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने छठपर्वको अवसरमा सभामुख मण्डलले सम्पुर्ण छठ व्रतालु तथा आम नागरिकका साथै देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेको हो ।
छठ पर्व अन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको छ । पछिल्लो समयमा छठ तराई मधेश मात्र नभई देशकै महत्वपुर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाण्डौंमा समेत भव्यतापूर्वक मनाउनु थालेको प्रति खुशी व्यक्त गरेको छ ।
यस्तो छ सभामुख मण्डलको शुभकामना सन्देश 
नेपाल तथा छिमेकी मुलुक भारतमा अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गर्दै हर्षोउल्लासमय रुपमा मनाइने छठ पर्वका अवसरमा तराई मधेश तथा नेपाली जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने छठ ऐतिहासिक पृष्ठभूमि र विकास क्रमको संकेन्द्रण पाइन्छ । मानव जीवनमा कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरुको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रुपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवन बीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रुपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानव बीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्दछ ।
भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यता संस्कृतिका दृष्टिले हामी नेपालीहरु विश्वमै विशाल र वैभवशाली छौँ । यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरुले राम्रोसँग प्रमाणित गर्दछ । नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधता सहितको एकतालाई राष्ट्रिय गौरवका रुपमा आत्मसात् गरेको छ ।
छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरुमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्याय सहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु । खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको छ । 
अन्त्यमा, छठ पर्वले चुनौतीहरुलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
     ………………
सभामुख 
      रामचन्द्र मण्डल 

२०८१ कार्तिक २२, बिहीबार ११:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय