नेपालावाणी नेटवर्क
बर्दिबास, कार्तिक ।
चुनावका बेला ठूलठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधि माथि लाग्दै आएको बेलामा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले छठ पर्वको अवसरमा छठी घाट पुगेर शुभकामना आदान प्रदान गरेको छ । निर्वाचनको समयमा जनताको घर–घरमा पुगेर जनताको समस्या र सामाधानको उपाय खोज्न तल्लिन देखिएको पूवएमन्त्री पोखरेलले अन्य समयमा जस्तै छठको अवसरमा छठी घाटमै पुगेर आम नागरिकको गुनासो तथा समस्या र समाधानका उपाय सहित शुभकामना आदान प्रदान गरेको हो ।
निर्वाचित भएर गएपछि ठुलो आश्वासन बाड्ने तर ‘फर्केर हेर्दै नहेरेको’ पाईएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । महोत्तरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका मतदातासंग टोल–टोलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन् । आम जनताबाट आएको समस्या तथा समस्या सामाधानको उपायको लागि उनी तल्लिन भएर लागेको पूर्वमन्त्री पोखरेलले छठ पर्वको समयलाई सदुपयोग गर्दै शुभकामना समेत साटिरहेका भेटिएका छन् ।
छठपर्वको अवसरमा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगर, रजखोर, गौशाला, निगौल जस्ता ठाउँको छठ ब्रतालु भएको घाटमा पुगेर एकअर्कासंग शुभकामना आदान प्रदान गरेका हुन् । चाडवाडको समयमा शुभकामना आदान प्रदानसंगै पूर्व मन्त्री पोखरेलले ‘नागरिकको गुनासो, नागरिक तवरबाट समाधानको’ अभियान चलाएका छन् ।
निर्वाचनमा प्रतिकूल प्रतिफलका बाबजूद जनतालाई दिएको आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे जनतासंग छलफल हुन्छ । पूर्वमन्त्री पोखरेलले भने, ‘चुनावताका आधारमा चूनावी घोषणापत्र, आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भनेर गाउँ टोल–टोलमै पुगेर छलफल थालिएको छ । विभिन्न वडाका टोलमा पुगेर अब गर्नुपर्ने कामबारे छलफल गरिरहेका छौं,’ पोखरेलले भने, ‘जनतालाई जागरुक बनाउन सकेमात्र हामी सफल हुन सक्छौं भन्ने सोचले उनीहरुसँग प्रत्यक्ष छलफलमा जुटेका हौं ।’
छठको शुभकामना पनि आदान प्रदान गर्ने र प्रसाद खाने र गाउँमै टोल–टोलमा पुगेर समस्या सुन्ने र सुझाव लिने गरेका छौं । स्थानीय तहका जनप्रतिनिधि तथा सबै दलका नेता कार्यकर्ताहरुलाई भेला गराएर नागरिकसँग प्रत्यक्ष छलफल गराइरहेको छ । ‘जनताको गुनासो सुन्दै क्षेत्रको नागरिक समक्ष पुग्दै छौं । लगभग सबै वडा र टोलटोलमा पुग्ने प्रयत्न छ,’ पोखरेलले भने, ‘टोल–टोलसम्म पुगेर सर्वसाधारणको गुनासो सुन्ने, सुझाव लिने र त्यही अनुसारको नीति–कार्यक्रम बनाउने योजनामा छौं ।’
घंगहा नगरपालिकाको प्रायः सबै छठको घाटमा पुगेका पोखरेललको टोलीले प्रत्येक महिना टोल–टोलमा गुनासो सुन्ने, टिपोट गर्ने र सामाधानका उपायहरु, सम्बोधन गर्ने निकायहरुसंग छलफल तथा विकास निर्माणको योजना तीव्र बनाउने अभियान चलाएको प्रमुख स्वकीय सचिव गणेश बस्नेतले दिए । छलफल तथा गुनासो र सामाधानमा सर्वसाधारणले सक्रियता साथ भाग लिन हामीले आग्रह समेत गरेको बस्नेतको भनाई छ ।
‘स्थानीयले सिंचाई, बिजुली, सडक, खानेपानी, कृषि, पशुपालन, सहरी विकास, मठमन्दिर लगायत क्षेत्रको विकासका लागि भारी सुझाव दिइरहनुभएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेल भन्छन्, ‘अब गर्नुपर्ने कामका लागि मात्र होइन, हिजो जनप्रतिनिधिले गरेको स्थानीय तहको अनियमितताबारे पनि सर्वसाधारणले खुलेर सूचना दिनुभएको छ ।’ जनप्रतिनिधिले गाउँमै टोल–टोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् । सर्वसाधारणका समस्या उनीहरूको घर र टोलसम्म पुगेर सोधीखोजी गरिदिने कोही थिएनन ।
पूर्वमन्त्री पोखरेलको स्वकीय टिममा रहेर काम गरेका सुरेन्द्र महतोले, ‘स्थानीय जनप्रतिनिधिले गरेको बदमासी जनताले सुनाउँदैछ, विभिन्न निकायमा उजूरी समेत दिईएको छ । हामीले उजूरीको छानविनका लागि पहल समेत गर्दैछौं ।’ जनमत पार्टीका स्थानीय नेता सञ्जित साहले भने, ‘जितेर गएका नेता गाउँ फर्किएर आउँदैनन् तर अरु नेताहरु अहिले क्षेत्रका टोल–टोलमा आएर सन्चो–बिसन्चो मात्रै सोध्दा पनि आनन्द हुँदो रहेछ । अझै जनताको गुनासो धैर्यधारण गरेर सुन्ने, विकासको काममा चासो देखाउने तथा सामाधानका उपायहरु खोज्नु अत्यन्त परिष्कृत र व्यवहारयुक्त जनप्रतिनिधिको विशेषता हो ।’
बर्दिबास नगरपालिकाको हातिलेट, विजलपुरा, किसाननगर, पशुपतिनगर लगायतका जनतासंग थप नयाँ सम्बन्ध स्थापना गर्न सेवाग्राहीको काम छिटो–छरितो गर्न सबै नागरिकलाई प्रत्यक्ष पहुँचलाई थप बढाउने नीति लिईएको महतोको भनाई छ ।
- निर्वाचनमा प्रतिकूल परिणामका बाबजूत पूर्वमन्त्री पोखरेलले आफनो निर्वाचन क्षेत्रमा महोत्तरीका जनताको घरदैलोमा पुगेर भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्दै आएको छ ।