नेपालवाणी नेटवर्क
जनकपुरधाम, फाल्गुन ।

प्रेस सेन्टर नेपाल धनुषाको अध्यक्षमा दिपक कुमार मिश्र चयन भएका छन् । धनुषा जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा दिपक कुमार मिश्रलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।

विहिवार सम्पन्न बन्दसत्रबाट आगामी ३ वर्षिय कार्यकालको लागि अध्यक्ष मिश्रलाई चयन गरिएको सेन्टरका केन्द्रिय सचिव शैलेन्द्र महतो (क्रान्ति) ले नेपालवाणीलाई जानकारी दिए ।

प्रेस सेन्टरको जिल्ला उपाध्यक्षमा दीपक कुमार कर्ण, महिला उपाध्यक्षमा चाँदनी झा, सचिवमा अमरकान्त ठाकुर, सह–सचिवमा अनिल कुमार साह र विजय झा र कोषाध्यक्ष पदमा राजेश महतो र सदस्यमा सुरेन्द्र सिहलाई चयन गरिएको छ ।

थप एक सदस्य चयनको जिम्मा भने अध्यक्ष मिश्रलाई दिईएको सचिव क्रान्तिले जानकारी दिए ।

२०८१ फाल्गुन ९, शुक्रबार १७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय