
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बलवाटोलमा निर्माण भएको मैथिली विकास कोषको नवनिर्मित मैथिली भवन । मधेस प्रदेशको करिब साढे सात करोड रुपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा बनेको यस भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायतका आधुनिक रुपमा सुविधा सम्पन्न रहेका छन् । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस