
गोविन्द महतो
सिरहा, फल्गुन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश, मधेशी जनता र माओवादी बीचको सम्बन्ध कमजोर हुँदा मधेश कमजोर भएको बताएका छन् । उनले मधेशी जनताले जसरी माओवादीलाई प्रेम ग¥यो, त्यो प्रेमलाई टिकाउन नसक्दा मधेशमा माओवादी कमजोर भएको बताएका हुन् ।
तराई मधेश जागरण अभियान अन्तर्गत शनिवार सिरहा सदरमुकाम स्थित श्री सूर्य नारायण सत्यनारायण मोरवैता बहुमुखी क्याम्पसमा खबरदारी सभालाई सम्बोधन गर्दै मधेसी जनताको पहिचान र समृद्धिमा ध्यान केन्द्रित गर्न माओवादीले जागरण अभियान थालेको बताए ।
उनले भने, ‘मधेशी जनता र माओवादी बीच असाध्यै राम्रो सम्बन्ध थियो । २०६४ मा हामी झण्डै दुई तिहाईको बहुततको दल थियौं । तर त्यसलाई टिकाउन सकेनौं, अब फेरी तराई मधेशमा माओवादीलाई मजबुत बनाउन अभियान चलाएका छौं । मधेशीको आत्मसम्मान र पहिचान माओवादी लडाइँबाटै भएको हो । संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादीकै कारण प्राप्त भएको हो । जसलाई गुमाउन मधेशी जनताले जति बलिदानी गरे त्यसलाई जोगाउन पनि माओवादी लागिपरेको छ ।’
माओवादी र मधेशी जनता बीचको त्यतिधेरै राम्रो सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भयो’, अध्यक्ष प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा मधेशी जनता पनि कमजोर भयो, मधेशको विकास निर्माण र समृद्धि पनि कमजोर भयो, आत्मसम्मान र पहिचान पनि कमजोर हुँदै गयो । अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउनुप¥यो । यो देशमा भ्रष्टाचारीलाई निर्मूल पार्नुप¥यो । सुशासन कायम गर्नुपर्यो, मधेशको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुप¥यो भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेश अभियानमा आएको छु ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताए । मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयामा औँल्याउँदै आफुलाई मधेशवादी भन्नेहरुबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकोले अब वास्तविक मधेशवादी माओवादीसंग जोडिन अग्रह गरे ।