
धनुषा: धनुषा जिल्लाको कमला नगरपालिका – १ मंगराहा घर भएको ,हेल्प मधेसी मलेसियाको केन्द्रिय सदस्य अशोक कुमार शाह ज्यु को ७ फेब्रुअरी को दिन हृदयाघातको कारण असामयिक निधन भएको थियो । उहा काम गर्ने कम्पनी र नेपाली दूतावास को सहयोगमा मिति (२०८१ फाल्गुन ६ गते) अर्थात १८ फेब्रुअरी मंगलबारको दिन नेपाल पुगि हिन्दु परम्परा अनुसार बिद्धिवत अनुसार उहाको दाह संस्कार भएको थियो।
आज मिति २०८१ फाल्गुन १७ गते सनिवारको दिन उहाको 1३औ कृयाक्रम को दिन हेल्प मधेसी नेपालको आयोजनमा श्रद्धाञ्जली कार्यक्रम गरि हेल्प मधेसी मलेसिया द्वारा सहयोग रकम ने. रु 1,00,000/- (एक लाख ) र हेल्प मधेसी अन्तर्राष्ट्रिय अध्यक्ष कमल देब शाह ज्युको तर्फबाट रु 10,000/- गरि जमा रकम 1,10,000/- (एक लाख दस हजार) हस्तान्तरण गर्यो।
उक्त कार्यक्रममा हेल्प मधेशी अन्तर्राष्ट्रिय सचिव विजय कुमार मण्डल, हेल्प मधेशी नेपालका अध्यक्ष राकेश राय, हेल्प मधेशी नेपालका सहसचिव जमिर मन्सुर,सेवकहरु राजेन्द्र यादव, जितेन्द्र यादव, राम शर्मा, प्राथमिक स्वास्थ केन्द्र धनुषाका प्रमुख अरुण कुमार मण्डल, कमला नगरपालिका उप मेयर शिला मण्डल ,उहाको आफन्त लगायत त्यहाको स्थानीय बुद्धिजीवी, समाजसेवी युवाहरुकाे उपस्थिति रहेको थियो।
उहाँको मृत्युले हामी हेल्प मधेसी मलेसिया परिवार अत्यन्तै दुखी र मर्माहत भएका छौ,यो शोकको घडीमा उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौ।