
अनिल कुमार साह
जनकपुरधाम, फाल्गुन ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ सपहीमा मधेश प्रदेशकै सबैभन्दा ठुलो अत्याधुनिक वन्डर वाटर पार्क सञ्चालन भएको छ । मधेशको राजधानी एवं मिथिला नगरी ढल्केवर–जनकपुरधाम सडकखण्डको सपहीमा प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क सञ्चालन भएको हो ।
जानकी फँन पार्क एण्ड रिसोट प्रालिद्वारा झण्डै १३ करोडको लागतमा वन्डरल्याण्ड वाटर पाकमा मल्टि स्लाईड टु लेन, वडी वेभ स्लाईड, हाई स्पिड बडी स्लाईड, ओपेन बडी टर्निङ्ग स्लाईड, ओपन फल्ट स्लाईड, वेभ पूल, रेन डान्स फाईभ प्लेटफर्म वाटर प्ले सिस्टमको निर्माण पुरा भएर सञ्चालनमा आएको प्रबन्ध निर्देशक गुडडु जैनले जानकार दिए ।
३ लाख स्क्वायर फिट क्षेत्रमा फैलिएको वाटर फन पार्कमा टोतस् एक्टिभिटी, मसरुम, अम््रेला, टिल्टिङ्ग कोन, वाटर केज, रेन्बो, फन क्रिस्टल एरिना, फूड कोर्ट जस्ता सेवा सुविधाहरु प्रदान गर्न तत्पर रहेको जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिले जनाएको छ ।
पार्कमा प्रवेश गर्ने ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क नलाग्ने जनाएको छ भने अन्यको हकमा प्रति व्यक्ति रु. ८ सय ४० तथा कर प्रवेश शुल्क निर्धारण गरिएको छ । साथै पानीको स्वच्छता कायम गर्न पार्कमा हाल ४ वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ ।
पार्कमा १८ हजार स्क्वायर फिट क्षेत्रफलको मधेशके सवैभन्दा ठूलो रेष्टूरा कम्प्लेक्स समेत सञ्चालन हुने भएको छ । बाटर पार्कको भोली नेपालकी फिल्म उद्योगकी अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा उद्दघाटन हुने प्रबन्धक जैनले जानकारी दिए ।