
नेपालवाणी नेटवर्क
सर्लाही (चन्द्रनगर), फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले स्वागत गरेको छ । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासी स्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरण देवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए। त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र केन्द्रिय सदस्य तथा प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौल लगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ। माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ।
सर्लाहीको कार्यक्रम सकेर प्रचण्ड सहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको छ । सर्लाहीको बिभिन्न स्थानहरुमा प्रचण्डलाई स्वागत गर्न नेता तथा कार्यकर्ताहरु सहभागि भईरहेको छ ।