नेपालवाणी नेटवर्क
सर्लाही, (मंगलवा) फाल्गुन ।

जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए । तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्न सक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनको कथन थियो ।

अहिले काङ्ग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए । अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी पूर्व प्रदेशसभा सदस्य निरा कुमारी साह सहित ठूलो संख्यामा जसपा नेपाल सहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सबैलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल लगायत सभामा शिर्ष नेतागणहरुले पार्टीमा स्वागत गरेका थिए ।


२०८१ फाल्गुन २३, शुक्रबार १६:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय