नेपालवाणी नेटवर्क
जनकपुरधाम, पुस ।

मैथिली पुस्तक ‘युग–युग सियागाम’ गुरु–शिष्य सम्वादको लोकार्पण भएको छ । साहित्यकार–पत्रकार सुजीत कुमार झाद्वारा लिखित गरु शिष्य अर्थात गरु र चेला सम्वादको पुस्तक ‘युग–युग सियागाम’ को एक समारोह बीच मधेशकी शिक्षा मन्त्री रानीशर्मा तिवारीले लोकर्पण गरेकी हुन् ।


पुस्तक बारे चर्चा गर्दै मन्त्री शर्माले गुरु शिष्य संवादको माध्यमले यहाँको धर्म संस्कृतिलाई बुझाउने पुस्तक मार्फतको नयाँ शैलीले रितिसंस्कृतिलाई परिस्कृत गर्ने बताईन् । उनले भनिन, ‘पौराणिककालमा घरको महिलाले आफ्नो पौरख र विद्वताको उदाहरण दिदै हाम्रो समाजको प्रथम गुरुका रुपमा आमा हुनुले हरेक मानव गुरु आमा छ ।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मठ मन्दिर पोखरी तलाव यसक्षेत्रको विशेषता रहेको बताउँदै गुरु आमाको माध्यमबाट विद्यार्थीलाई बुझाउने प्रयास सरह पुस्तकको माध्यमले गुरु शिष्य परम्परा उजागर राम्रो पक्ष भएको बताए । उनले भने, ‘सुजीत झाको हरेक पुस्तकको छुट्टै विशेषता हुन्छ त्यसकारण उहाँ अन्य लेखक भन्दा अलग रुपमा परिचित हुनुहुन्छ ।’

पुस्तकमाथि समीक्षा गर्दै लेखक एवं अनुसन्धानकर्मी मनोज साहले गुरु–शिष्य संवादको माध्यमले यहाँको संस्कृतिलाई बुझाउनु यसको मौलिकता एवं विशेषता रहेको बताए । उनले ‘युग–युग सियागाम‘ मा अनुसन्धान, कथा, संस्मरण, संवाद सबैथोक एकै ठाउँमा पाउन सकिने बताए । उनले भने, ‘एउटा शिक्षकको रुपमा पुरुष भन्दा महिला कति धेरै प्रभावकारी हुन्छ भनेर पुस्तकले प्रष्ट पारेको छ ।’

समारोहमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष डा. राजीव झा, कविर अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोक, पर्यावरण अभियानी सुरेश शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, पूर्व केन्द्रिय सदस्य रिंकु गायत्री मिश्र, उपप्राध्यापक श्यामसुन्दर शशि, प्याब्सन धनुषाका अध्यक्ष रवीन्द्रकुमार चौधरी, विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष संतोष साहको उपस्थिति रहेको थियो ।

पुस्तकको प्रकाशन दुधमति साप्ताहिकले गरेको छ ।


२०८२ पुष ६, आईतवार २०:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय