जनकपुरधाम ।
जनकपुरधामको विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था व्याहुत सेवा समितिको नयाँ नेतृत्वका लागि चुनावी प्रकृया शुरु हुन केही दिन मात्रै बाँकी रहेको छ । चुनावी प्रकृया शुरु हुन केही दिन मात्रै बाँकी रहेको समयमा नेतृत्व लिन अकांक्षी रहेका उम्मेदवारहरु आ–आफ्नो स्तरबाट तयारी शुरु गरि सकेका छन् । यही क्रममा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर सामाकिज कार्यमा सक्रिय रहि सकेका शंकर साहले समेत नेतृत्वमा अकांक्षा देखाएका छन् ।

उनले आफूसंग आफ्नो स्वजातीय संस्था व्याहुत सेवा समितिको सर्वांगिन विकासकालागि योजना रहेकाले आफू नेतृत्वमा रहेर काम गर्न ईच्छुक रहेको बताएका छन् । उनले यसअघिका पूर्व अध्यक्षहरु व्याहुत सेवा समितिको विकासकालागि खुन पसिना एक गरी मेहनत गरेकोमा प्रशंसा गर्दै आफू पनि केही नया गर्न चाहेको बताए । स्वाजातीमा रहेका गरिब , विपन्न परिवारको विकास, उनीहरुको छोराछोरीको विवाहमा आइपर्ने आर्थिक समस्या, विपन्न छात्रछात्राहरुलाई अध्ययनमा देखिने समस्या समाधान गरी नयाँ योजना समेत आफू संग रहेको उनले बताए । यो संस्थालाई आफूले सेवाभावको रुपमा अगाडि बढाउँदै समाजका हरेका तप्काका व्यक्तिको सहयोगकालागि काम गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष पदका लागि अकांक्षा देखाएका यस अघि व्याहुत सेवा समितिमा कोषाध्यक्ष पदमा रहेर काम गरि सकेका छन् । यसका साथै उनी हाल प्रकाशक महासंघ नेपालका अध्यक्ष समेत हुन् । त्यस्तै जनकपुर जेसिजको उपाध्यक्ष पदमा रहेर समेत काम गरि सकेका छन् ।
पछिल्लो निर्वाचनमा समेत उनी अध्यक्ष पदकालागि निर्वाचन लडेका थिए । तर पूर्व तयारी बिना आफूले उम्मेदवारी दिएकाले पराजित हुनु परेको अनुभव सुनाए । यद्यपि यस पटक पूर्व अध्यक्षहरु तथा सवजातिय अगुवाहरुसंगको सल्लाह तथा समन्वयमा आफूले उम्मेदवारी दिने सोच बनाएकाले यस पटक आफ्नो जीत हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।


२०८२ पुष १४, सोमबार १३:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय