निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। नियमित निर्वाचनले राजनीतिक परिवर्तनको संकेत दिन्छ र जनतालाई समय–समयमा आफूले चाहेको नेतृत्व चयन गर्ने अवसर प्रदान गर्छ। यसले शासन प्रणालीलाई वैध र सबल बनाउँछ।

आउँदो आम निर्वाचन नजिकिँदै छ। यद्यपि जनस्तरमा अपेक्षित उत्साह बाहिर देखिएको छैन, तर भित्री रूपमा राजनीतिक बहस र छलफल भने क्रमशः बढ्दै गएको छ। आगामी निर्वाचन परिवर्तन र जवाफदेहिताका लागि महत्वपूर्ण अवसर हो।

देशको विकासक्रमले परिवर्तन खोजिरहेको छ, र त्यसको सुरुवात मतदाताले मतदानमार्फत गर्नुपर्छ। लामो समयदेखि नेतृत्वमा रहेका व्यक्तिहरूले अपेक्षित सामाजिक सुधार र सुशासनको अनुभूति दिन नसकेको अवस्थालाई मतदाताले गम्भीर रूपमा मूल्यांकन गर्न आवश्यक छ। त्यसको उत्तर मतदानमार्फत दिनुपर्छ।

साथै, निर्वाचन आयोगलगायत सरोकारवाला निकायहरूले जनतामाझ राजनीतिक सचेतना, मतदाता शिक्षा र गलत सूचनाबाट जोगिने उपायसम्बन्धी अभियान तथा कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक छ।

निर्वाचन लोकतन्त्रको एक सबल पक्ष हो, जहाँ प्रत्येक नागरिकले सहभागिता जनाउँदै आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। मतदानपछि निर्वाचित नेतृत्वलाई दिइएको जनादेशप्रति प्रश्न उठाउनु र जवाफ माग्नु पनि नागरिकको महत्वपूर्ण दायित्व हो।


२०८२ पुष २७, आईतवार १४:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय