नेपालवाणी डटकम
धनुषाधाम (धनुषा) माघ ।
धनुषाको क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले चुनावी अभियानलाई तिव्रता दिएका छ्न । धनुषाको निर्वाचन क्षेत्र स्थित धनुषामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएसङै निर्वाचनमा होमिएका हुन् ।

निवर्तमान सभामुख मण्डल समर्थक सहित बुधबार धनुषाको गणेशमान नगरपालिका स्थित अगुवा नेता तथा कार्यकर्ताहरु माझ चुनावी रणनीति बनाउन दिनभर व्यस्त रहे । मण्डलसङै उनका चुनावी प्रस्तावक सबिता यादव र समर्थक लक्ष्मी नारायण यादवसङै नगर स्तरीय नेता तथा कार्यकर्ता सहित उनी चुनावी रणनीतिक योजनामा व्यस्त रहे ।
सोहि क्रममा मण्डलले आफ्नो चुनावी विकास योजना, घोषणापत्र, गर्नुपर्ने कामहरु, भएका विकास निर्माणका योजना, शिक्षा क्षेत्रमा भएका लगानी, स्वास्थ्य क्षेत्रको सुधारात्मक अवस्था लगायतका विषयमा छलफल गरेका थिए ।
मण्डलले सभामुख हुदा बनाएका कानुन निर्माणका पक्षहरु, कानुनी जटिलताहरु, कानुनको कार्यान्वयनको अवस्था लगायतका बिषयमा व्यापक छलफल गरेका थिए । उनले लगातर चुनावी अभियानको क्रममा क्षेत्रहरूको वडा वडामा गएर आफ्नो एजेन्डा सुनाउने, गुणासो सुन्ने र समाधान उपायहरु तत्काल खोज्ने बिषयमा समेत छलफल गरेका थिए ।


जनतासामु मण्डलले आफ्नो जित सुनिश्चितता आधार र जनाधारको स्पष्ट गरेका थिए । भेलामा व्यापक जनसहभागिता थियो ।

