चैत्र २२ गते
सर्लाहीको मलङ्वास्थित मालपोत कार्यालय र यातायात कार्यालयअन्तर्गतको लाइसेन्स ट्रायल सेन्टरबाट सेवाग्राहीसँग अवैध रूपमा रकम असुली गर्ने नौ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात कार्यालय अन्तर्गत सञ्चालन भइरहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षास्थलमा सेवाग्राहीसँग लाइसेन्स बनाइदिने बहानामा रकम माग्दै बार्गेनिङ गर्ने थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, मलङ्वास्थित मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटो तथा सहज गराइदिने प्रलोभन देखाउँदै रकम बार्गेनिङ गरिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै स्थानमा गरी जम्मा नौ जना बिचौलियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

