भूमिका उपाध्याय,
बर्दिबास, २५ चैत ।

बर्दिबास उद्योग वाणिज्य सङ्घमा दीपकबहादुर कार्कीको समूह निर्वाचित भएको छ । मङ्गलबार भएको निर्वाचनको आज बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा कार्की ८२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको सङ्घको निर्वाचन समितिले जनाएको छ । कार्कीका प्रतिष्पर्धी उत्तमकुमार श्रेष्ठले ५५७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्पन्न निर्वाचनमा रञ्जितराज ढुुङ्गाना प्रथम उपाध्यक्ष, रामनाथ साह द्वितीय उपाध्यक्ष, ज्ञानु बलम्पाकी महिला उपाध्यक्ष , केदार गौतम महासचिब र रिमनाथ अधिकारी सचिब निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा सुरेन्द्रराज लामा र सहकोषाध्यक्षमा सङ्गमकुमारी गोले निर्वाचित हुनुभएको कार्कीले परिणाम घोषणा गर्दै बताउनुभएको हो ।

यसैगरी चार महिला सदस्य पदमा सङ्गिता यादव, सुनिताकुमारी साह, रेणुकुमारी पाचे र तृष्णा श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै अन्य पाँच सदस्यमा रामएकवाल महतो, प्रज्वल बस्नेत, नसिफ नदाफ, वीरबहादुर पौडेल र जुकबहादुर समाल विजयी हुनुभएको समितिका संयोजक कार्कीले जानकारी दिनुभयो । सबै विजयी कार्की समूहका हुनुहुन्छ ।

आठ पदाधिकारी र नौ सदस्यसहित १७ पदका लागि मङ्गलबार सम्पन्न निर्वाचनमा कूल मतदाता एक हजार ६२४ मध्ये एक हजार ४२६ जनाले मतदान गरेका थिए


२०८२ चैत्र २५, बुधबार २२:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय