अनिल कुमार साह
यदुकूहा, बैशाख ।

शहिदनगर नगरपालिकाले आफ्नै ‘सिंहदरवार’ भवन बनाएको छ । धनुषाको १८ पालिकाहरु मध्ये शहिदनगर नगरपालिकाले आफ्नै जग्गामा शहिदनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय भवन बनाएको हो । विभिन्न आन्दोलनको बलिदानीबाट शु–शोभित शहिदनगरको यदूकुहा बजार स्थित आफ्नै भवन निर्माण गरेको हो ।

शौचालय, स्नानघर, स्तनपान कक्ष बाहेक सर्वसुलभ मैत्री १३ कोठाको ‘सिंहदरवार’ भवन नगर प्रमुख दिनेश प्रसाद यादवले पुजाआजा सहित भवन उदघाटन गरेका छन् । मंगलवार कलश यात्रा सहित सु–सज्जित भवनको शुभकार्य गरी विहिवार उद्घाटन गरिएको जिन्सी शाखा प्रमुख सुदिप भट्टराईले जानकारी दिए ।

झण्डै ३ करोडको लागत निर्माण गरिएको भवनबाट सम्पुर्ण शाखाको सुविधान प्रदान गरिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल झाले जानकारी दिए । उनले भने, ‘यसअघि आफ्नै भवन नहुँदा फरक फरक स्थानहरुबाट सेवाग्राहीलाई सेवा दिनुपर्ने बाध्यता थियो । तर अब एउटै भवनबाट सबै सुविधा प्राप्त हुने गरी सेवा सुचारु हुने गरी भवनको निर्माण भएको छ । अब एउटै छानामुनी सबै सेवा उपलब्ध हुनेछ ।’

नगरपालिका घोषणा भएको करिब १० वर्षपछि शहिदनगर नगरपालिकाले आफ्नै भवन पाउनु सुखद भएको पूर्वनगर प्रमेख उदयकुमार बरबरिया यादवले बताए ।


२०८३ बैशाख १०, बिहीबार २०:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय