पोखरा : कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुष मृत्यु भएको हो । मधुमेहका रोगीसमते रहेका उनको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार त्यस अस्पतालमा कोभिडबाट मृत्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ ।


२०७७ श्रावण २५, आईतवार ०८:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय