
काठमाण्डौ : नेपालमा फेरि ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना छ भने ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन्। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुने संख्या १६ हजार ३ सय ५३ पुगेको छ।
पर्सा, राैतहट, महाेत्तरी र काठमाडाैंमा सक्रिय संक्रमितहरू रहेका गाैतमले बताए।