काठमाडौं : काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत नहुँदा प्रहरीले तस्वीर सार्वजनिक गरी सूचना दिन अपील नै गरेको थियो ।

उनी काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । र उनी शव फालिएकोदेखि ५० मिटरको दूरीमा बस्ने गरेको व्यक्ति भएको सूचना आएको पनि प्रहरी स्रोतले जनाएको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो । शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।

मृतक अन्दाजी ४५ वर्षीय मंगोलियन पुरुष भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

२०७७ श्रावण २६, सोमबार १७:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय