• ललन मण्डल

बर्दिबास : सामुदायिक विद्यालय परिवर्तनका अभियानी तथा महोत्तरीको बर्दिबास नगरपालिका –३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बिहीबार एक बालउद्यान निर्माणमा सिमेन्ट सहयोग गरेको छ ।

जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले जनस्तरबाट सहयोग संकलन गरेर बर्दिबास नगरपालिका– ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा निर्माण भइरहेको बालउद्यान कार्यमा अध्यक्ष ढुङ्गानाले १ सय २ बोरा सिमेन्ट सहयोग गरेका छन् ।

जनता माध्यमिक विद्यालय गौरीडाँडा बर्दिबास विद्यालय व्यवस्थान समितिको नेतृत्व गरेर स्कूललाई वडा अध्यक्ष ढुङ्गानाले प्रदेश– २ कै नमुना बनाउन सफल भएका छन् । ढुङ्गाना वडा अध्यक्षमा निर्वाचित भएर आएपछि उनले आफ्नो वडामा विकासका लहर ल्याएका छन् । आफ्नो वडालाई सुन्दर बनाउन जुटेका उनले बर्दिबास नगरपालिका भरीका सबै विद्यालय नमूना भएको देख्न चाहेका छन् ।

जनसहयोगी युवा संजालका अध्यक्ष परमेश्वर महतोले भने यस्ता सहयोगले बालउथान निर्माणमा ठूलो सहयोग हुने बताए । साथै उनले इच्छुक समाजसेवी तथा सर्वसाधारणलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

२०७७ श्रावण २९, बिहीबार २०:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय