
काठमाडौं : सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
दाहालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार नवगठित कार्यदलमा ओलीको तर्फबाट महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् । दाहालको तर्फबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । र, बरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्यहरु डा. भीम रावल र सुरेन्द्र पाण्डे छन् ।