• सुरेन्द्र सिंह

बर्दिबास : कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय तहद्वारा आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ६० परिवारलाई राहत वितरण गरिएको छ ।

साङङाग छोइलीङ बौद्ध गुम्वा लालगढका अध्यक्ष तिलक लामा र गुम्वाका प्रमुख लामा संजय लामाको पहलमा हङकङ निवासी विक्कि र साङङाग छोइलीङ बौद्ध गुम्वाले संयुक्त रुपमा मिथिला नगरपालीका-१० का बिपन्न तथा समस्यामा परेका ६० घर परिवारलाई राहत वितरण गरेको हो ।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको साङङाग छोइलीङ बौद्ध गुम्वा लालगढका अध्यक्ष तिलक लामाले जानकारी दिए ।

उनीहरुलाई दैनिक उपभोगका लागि चामल एक बोरा, नुन,तेल,माक्स,सेनिटाइजर,साबुन लगाएतका सामान वितरण गरिएको थियो ।

अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि वितरण गरिएको गुम्वाका प्रमुख लामा संजय लामाले बताए ।

२०७७ श्रावण ३०, शुक्रबार १५:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय