पर्सा : वीरगञ्जस्थित कोभिड अस्पताल गण्डकमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

कोरोना भाइरसबाट संक्रमित वीरगञ्ज मुर्लीका ६० वर्षीय पुरुष एक साताअघि कोभिड अस्पतालमा भर्ना भएका थिए। ती पुरुष साउन २४ मा कोभिड अस्पतालमा भर्ना भएका थिए।

उनको शुक्रबार साँझ मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए। ती पुरुष उच्च रक्तचाप, मधुमेह र प्यारालाइसिस रोगबाट पीडित थिए। पर्सामा योसहित कोरोनाको कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रदेश २ भरीमा भने कुल संख्या ४० पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. विजयकुमार झाले जानकारी दिए।

२०७७ श्रावण ३१, शनिबार ०९:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय