
महोत्तरी: विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर गौशाला नगरपालिका–१२ कान्तिबजार परोरियाका स्थानीयवासी श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका मेयर शिवनाथ महतोको प्रतिद्वन्दी उमेदवार रामकुमारी महतोले आफ्नो निजी लगानीमा थालेको सामुदायिक भवनको छल ढालेकी छिन् ।
गौशाला नगरपालिका–१२ कान्तिबजार परोरिया गाउँमा करीब १५ लाख लागतमा उनले भवन निर्माण गरिरहेकी छिन् ।
उनले ईटा, सिमेन्ट, रड प्रदान गरेपछि गाउँलेले श्रमदान गरेर भवन निर्माण गरिहेको स्थानीय रासबिहारी महतोले जनाए ।
उक्त सामुदायिक भवनको नाम ‘बासुकीनाथ धर्मशाला’राखिएको छ ।
गाउँमा सार्वजनिक भवन नहुँदा सभा–सम्मेलन गर्न, बराती, पाहुना राख्न समस्या हुँदै आएको थियो ।
जनता समाजवादी पार्टीकी नेतृ महतो चुनावमा पराजीत भएपनि जनताको सेवाका लागि तत्पर रहने उनले बताइन् ।