
काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकले कोरोना भाइरस रोकथामबारे अझ कडा कदम चाल्ने निर्णय गर्न सक्ने बुझिएको छ ।
देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै गएको छ ।
निषेधाज्ञाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
त्यसैका आधारमा आजबाट १० भाद्रसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।