काठमाडौं : पछिल्लो चौबिस घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए। प्रवक्ता डा गौतमले पर्सामा ५६ वर्षीय महिला, झापामा ५८ वर्षीय पुरुष र सर्लाहीमा ३३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराए।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। पछिल्लो चौबिस घण्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २८१ रहेको छ।

२०७७ भाद्र ७, आईतवार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय