
काठमाण्डौ : नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् ।
भोट कम भएका कारण केबिन उत्कृष्ट ४ बाट बाहिरिएका छन् । अब टप ३ मा पर्न सफल यिनै प्रतिस्पर्धीबाट नेपाल आइडल सिजन ३ को विजेता छानिनेछन् । यसपटक कोरोना करहका कारण नेपाल आइडल फिनाले दर्शकले लाइभ भने हेर्न नपाउने भएका छन् । नेपाल आइडल फिनालेमा दर्शकको जुन उत्साह र जाँगर थियो त्यो यसपटक कोरोनाका कारण हुन सकेन । टप ३ प्रतिस्पर्धीको भोटिङ लाइन खुल्ला भैसकेको छ । दर्शकबाट सर्वाधिक भोट पाउने प्रतिस्पर्धी नै नेपाल आइडल सिजन ३ को विजेता बन्नेछन् । त्यसैले सबैजनाले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउनको लागि घर बसी बसी भोट गर्नुहोला ।
यस्तो छ उनका विगत
२०६५ सालमा एसएलसी सकेर गायक बन्ने सपना बोकी गोजिमा जम्मा ३ हजार बोकी काठमाडौं आएको थिए । संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भई बाँकी समय शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिक्थे । काठमाडौंमा विधार्थी जीवन, एक सामान्य परिवारको अभाव र आफ्नो सपनाको सार्थकताकोबीचको भागमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुरा बुझेको छु भोगेको छु । संगीतको आकाशमा आफुलाई चम्किलो ताराको रुपमा स्थापित गर्न संगीत सिक्ने क्रममा गुरुकोमा संगीत सिक्न जान गाडी भाँडा तिर्ने पैसा समेत नहुँदा धेरै हिडेर पनि गएको छु खाजा समेत नखाई हिँडेको छु । उनी निराश हुँदै भन्छन् । नेपाल आइडलमा सशक्त प्रस्तुती दिई टप(३ ९फाइनल० मा आएका किरण भुजेल एक अती नै संघर्षको घेराबाट आएका प्रतिष्पर्धी हुन । महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त गाउँमा सामान्य परिवारमा जन्मेका किरण बाल्यकालबाटै संगीतमा रुचि राख्ने र गाउने गर्थे । स्कुल र गाउँमा मात्र होइन बर्दिबास भरी नै उनको चर्चा हुने गर्थ्यो ।
सानो उमेरबाट नै स्कुलका शिक्षकहरु साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछ्स गायक बन्नु पर्छ भनेर भनेको कुरा आज पनि किरण सम्झन्छन् ।
बिस्तारै आफु संगीतमा अब्बल हुन थालेपछी काठमान्डौंका प्राइभेट स्कुलमा संगीत विषय पढाउन थाले र साँझ होटेलहरुमा गीत गाउन थाले । आइडल आउनु अघि पनि निक्कै गित गाएको छु तर ति गानाहरुलाई खास्सै राम्रो सांगीतिक चिनारी खासै दिन भने सकिन । उनले भने ।
आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा ,भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारत सम्म गए १ निकै गलेको आवजमा उनले सुनाए एकपटक यो सब छाडेर पैसा कमाउन बिदेश जान्छु भन्दा साथी प्रेम घिमिरे, दिनेश न्यौपानेले मलाई रोके । उनको अन्तिम प्रस्तुती सुन साईँली बोलको गीतलाई सम्झदैँ भने प्रवासमा रहेका लाखौँ नेपाली माँझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको थिए त्यो गित र निक्कै भावुक पनि भएको थिए त्यस क्षण ।
टप ७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुनः वाइल कार्ड इन्ट्रि मार्फत कार्यक्रममा प्रवेश गरेका थिए । अहिले उनै किरणले टप ४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका थिए । अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै , मिहेनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन ३ को फाइनल चरणमा छन । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन । नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गर्नका लागि पनि उनले अनुरोध गरेका छन् ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन् ।