
चितवन : भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ ।
अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो ।
भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
उनको आज बिहान ७:२० मा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो ।