काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमित मध्ये ३३८ जना महिला र ६४१ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, झापाका १६ जना,पाँचथरका ६ जना, भोजपुरका एकजना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, झक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एकजना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका एकजना जुम्लाका एकजना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका एकजना र बाजुराका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

२०७७ भाद्र २२, सोमबार १६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय