प्रदेश दुईमा पछिल्लो समयमा लगातार दलितमाथी कुनै न कुनै रुपमा अत्याचार भएका घटनाहरु सार्वजनिक हुँदै आई रहेको छ । शम्भु सदा, राजु सदा, विजय राम लगायतका मृत्यु तथा हत्याका घटना यसका उदाहरण हुन् । लकडाउन अवधिमै प्रदेश दुईमा ६ दलितलाई यातनाको शिकार हुनु पर्यो ।

यति मात्र होइन मृत्यु वरण नै गर्नु पर्यो । जसमध्ये रौतहटमा मात्र ३ वटा घटना भएका छन् भने धनुषामा २ र सप्तरीमा एउटा घटना भएको छ । तर, तीमध्ये एउटा घटनामा पनि अनुसन्धान सकिएको छैन । पीडित कुनै परिवारले न्याय पाउन सकेका छैनन् । प्रदेश सरकारले प्रहरी र प्रशासन आफ्नो मातहत नरहेको बताउँदै घटनामा दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउन नसकेको भन्दै पन्छिन खोज्दा जनमानसमा आक्रोश बढ्दै छ ।

दलित युवाहरुमा झनै आक्रोश देखिएको छ । जनकपुर विकास समितिका अध्यक्ष जितेन्द्र पासवान पनि दलित युवाहरुको माझमा पर्छन् । पछिल्लो समय प्रदेश दुईमा बढ्दै गई रहेको दलितमाथीको अत्याचारले उनलाई झनै पिरोली रहेको छ । कुनै पनि सरकार दलितहरुको अधिकारप्रति गम्भिर नहुँदा यस्तो स्थितिको श्रृजना भएको पासवानको आरोप छ ।
उनले दलितहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरिदै आएको भन्दै कुनै पनि सरकारले दलितहरुको जीवनस्तर उकास्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने“ के हामी किरा मकौरा हौँ, जो कोही आएपनि हामीलाई कुल्चि दिन्छन् ।” अगाडी भने “तर हामी अब बर्दास्त गर्दैनौँ, हामी कडा आन्दोलन गर्न बाध्य हुन्छौँ ।”

दलितको नाउँमा राजनीति गर्ने दलित नेताहरुप्रति पनि पासवान आक्रोश व्यक्त गर्छन् । उनका अनुसार दलितका नेताहरु दलितको मत लिएर नेता त बन्छन् तर सानोतनो लोभमा परेर आफ्नै समुदायको हित बिर्सीहाल्छन् । यो स्थितिमा सुधार ल्याउनका लागि प्रत्येक निकायमा दलितहरुको पहुँच बढाउनु आवश्यक रहेको बताए ।
अहिले पनि सरकार, प्रशासन नसच्चिए आन्दोलनको माध्यमले झुकाउने उनले चेतावनी दिए ।

लेखक
जितेन्द्र पासमान
अध्यक्ष : जनकपुर युवा विकास समिति

२०७७ भाद्र २२, सोमबार १९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय