
काठमाडौं : आईएसएमटी कलेजद्धारा बिपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमण नियन्त्रणको लागि जारी निषेधाज्ञाको कारण प्रभावित भएका सिरहाका अति विपन्न परिवारलाई राहत प्रदान गरिएको हो ।
काठमाडौंमा रहेको आईएसएमटी कलेजले सिरहाको गोलबजार नगरपालिकाका अति बिपन्न परिवारलाई राहत वितरण गरेकोे छ ।
गोलबजार नगरपालिकामा करिव १ सय १० घर परिवारलाई प्रतिपरिवार चामल ८ के जी, दाल १ केजी , पाँच सय ग्राम भुजा, पाँच सय ग्राम तेल, पाँच सय ग्राम दालमोट, पाँच सय ग्राम सोयाबिन र १ केजी नुनलगायतका सामग्री वितरण गरेको युवा अभियन्ता जितेन्द्र कुमार यादवले जानकारी दिए ।
आईएसएमटी कलेज आईटी क्षेत्रको अध्ययन अध्ययापनको लागि चर्चित छ ।


