
काठमाडौँ: वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।
आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।
यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।
बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।