काठमाडौँ: शुक्रबार देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ३१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सोही अवधिमा १ हजार ४५५ जना निको भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

१८ हजार २८९ जनामा सक्रिय संक्रमण छ ।

२०७७ आश्विन ९, शुक्रबार १७:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय