काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी कोरोना संक्रमण मुक्त भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको दोस्रो परीक्षणमा आइतवार केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

‘आश्विन १५ देखिको एकान्त बासपछिको कोरोना परीक्षणमा आज नेगेटिभ रिपोर्ट आएको छ । यसबीच मेरो स्वास्थ्यलाभको कामना गर्दै चिन्ता र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण शुभेच्छुक, पारिवारिक,आफन्तजन र देशभरिका प्रिय साथीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु’, केसीले ट्वीटरमार्फत भनेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणमा १५ दिनअघि उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यससता उनी घरमै आइसोलेसनमा थिए ।

२०७७ कार्तिक २, आईतवार १७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय