काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

त्यस्तै गएकाे २४ घण्टामा २ हजार ९९६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वारेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ कार्तिक ५, बुधबार १८:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय