काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ६३७ जना काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेकाे संख्या एक लाख नाघेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०७७ कार्तिक ६, बिहीबार १७:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय