
महोत्तरी: महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ६ स्थित किसाननगरमा जसपाको वडा कार्यालय उद्घाटन गरिएको छ ।
जसपाका नेता एवम् समाजसेवी लक्ष्मी महतोबाट जसपाको वडा कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेेेता महतोले हिन्दुहरुको महान चाड शुभ दिपावली, समा-चकेवा तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नगरबासी, प्रदेशवासी तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
त्यस्तै, वडा स्तरीय १० सदस्यको समिति समेत गठन भएको छ । अध्यक्ष पदमा राम विलाश महतो, उपाध्यक्षमा मन्जु ठाकुर र बिल्टु साह, सचिवमा राम नारायण सिंह,कोषाध्यक्षमा रन्जना देवीमहतो , सह-सचिवमा राजेश राम र सदस्यहरुमा पतिदेव महतो, शिब शेखर महतो, सरिता देवी र अशोक महतो सर्वसहमतले चयन भएका छन् ।

