काठमाडौं : कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् ।

सरकार र बीमा समितिले गत मंगलवार सम्पूर्ण कागजपत्र प्राप्त भएको ७ दिनभित्र दाबी भुुक्तानी गर्न निर्देशन दिएको थियो । तर, बीमा कम्पनीहरूले भने २ हप्ताभित्र यसलाई टुंग्याउने तयारी गरेका हुन् ।

सात दिनभित्र नै दाबी भुक्तानी दिन व्यावहारिक कठिनाइ भएपछि बीमा कम्पनीहरूले १० दिनदेखि १२ दिनभित्र त्यसलाई टुंग्याउने तयारी गरेका हुन् । यस विषयमा बुधवार बीमा समिति र बीमा कम्पनीहरूबीच प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ ।

मंगलवारको निर्देशनको कार्यान्वयन गर्ने सन्दर्भमा बुधवार बीमा समितिका अधिकारी र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूबीच छलफल भएको थियो ।
साथै, दाबी प्रक्रियालाई अगाडि बढाउन लघु बीमा पुलले बिहीवार मात्र चार जना थप कर्मचारी नियुक्ति गरेको छ । बिहीवार पुलमा केही बीमा कम्पनीका सीईओहरू बीच अनौपचारिक छलफल भएको थियो । उक्त छलफलपश्चात् दाबी प्रक्रिया अगाडि बढाउन नै कर्मचारी थप गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

२०७७ कार्तिक २१, शुक्रबार ०६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय